दफा ३७
बीमकको आन्तरिक नियन्त्रण
(१) बीमकले आफ्नो सङ्गठन संरचना तयार गरी लागू गर्नु पर्नेछ।
(२) बीमकले आफ्नो उत्तराधिकार योजना (सक्सेसन प्लान) बनाउनु पर्नेछ।
(३) बीमकले जोखिम व्यवस्थापन, लेखापरीक्षण, खरिद, आर्थिक, मानव संसाधन, सूचना प्रविधि, जोखिमाङ्कन, दाबी, पुनर्बीमा, बजारीकरण, सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी क्रियाकलापमा हुने वित्तीय लगानी निवारण लगायत प्राधिकरणले निर्धारण गरे बमोजिमका विषयमा छुट्टाछुट्टै दिग्दर्शन (म्यानुअल) वा कार्यविधि तयार गर्नु पर्नेछ।
(४) बीमकले आफ्नो कार्यसञ्चालनको - लागि वास्तविक समयमा परिणाम दिने (रियल टाइम): सफ्टवेयरको प्रयोग गर्नु पर्नेछ।
(५) बीमकले आफ्नो बीमा सम्बन्धी कारोबार सोही दिन बन्द (डे-इन्ड) हुने व्यवस्था गर्नु पर्नेछ ।
(६) बीमकले यस नियममा उल्लिखित व्यवस्थाका अतिरिक्त बीमकको व्यवसायको आकार, प्रकृति, जोखिम तथा सञ्चालनको जटिलताका आधारमा पर्याप्त र प्रभावकारी आन्तरिक नियन्त्रण प्रणालीको व्यवस्था गर्नु पर्नेछ।